पाँचौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको उद्घाटन मन्तव्य
November 12, 2008

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह पांचौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनका क्रममा नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (दायां) का साथ ।
सर्वप्रथम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानवाट आयोजित यस पाँचौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको समुदघाटन कार्यक्रममा कैही शब्द बोल्न मौका दिनु भएकोमा आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।एका र बल्भिएका छन् । उनीहरुलाई यी समस्याबाट मुक्त गर्दै अनुसन्धान, अध्यापन र आविष्कार गर्ने कार्यहरुमा निस्पिmक्रीसँग लाग्ने वातावरण बनायौं भने उनीहरु राष्ट्रमा विज्ञान र प्रविधिको विकास गर्न सक्षम र समर्थ हुनेछन् भन्ने मलाई विश्वास छ । साथै म वैज्ञानिक साथीहरुलाई व्यक्तिवादी सोचलाई त्यागेर राष्ट्र निमार्णको कामलाई महत्व दिन आग्रह पनि गर्न चाहन्छु ।
सम्माननीय प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका बावजूद सम्मेलन समुदघाटन कार्यक्रममा पाल्नु भई हामी सबैलाई हौसला बढाई दिनु भएकोमा नास्टको सहकुलपतिको हैसियतका साथै मन्त्रालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।
आज मलाई सबभन्दा खुशीको क्षण लागेको छ । देशभरका १ हजार २ सयभन्दा बढी वैज्ञानिक तथा प्राविधिज्ञहरु माझ आफ्ना केही कुरा राख्ने र विज्ञान तथा प्रविधिको विकासका लागि उहाँहरुको विचार सुन्ने र अन्तक्रिर्या गर्ने मौका मलाई प्राप्त भएको छ ।
विज्ञान र प्रविधि बिना चाहे कृषि जलश्रोत, संचार, रक्षा क्षेत्र होस् वा कुनै पनि भौतिक संरचना विकासको कुरा होस् साथै गरीबी न्यूनिकरणको विषय नै किन नहोस् कुनै क्षेत्रको पनि विकास संभव छैन । अर्को कुरा हामीले विज्ञान र प्रविधिको विकास गर्ने हो भने विदेशी निर्भरतालाई त्यागी आफ्नै क्षमताको विकास गर्नुपर्दछ । हामीले विदेशबाट प्रविधि आयात गर्ने र सेवा करारमा लिने बानीलाई छाडेर देश भित्रै वैज्ञानिक र प्राविधिक क्षमताको विकास गर्नुपर्दछ । क्षमताको विकास भनेको गुणस्तरीय विज्ञान शिक्षा, क्षमतावान वैज्ञानिक र प्राविधिक जनशक्तिको विकास, अनुसन्धानको सुविधा र व्यवस्था, नयाँनयाँ प्रविधिको विकास र त्यसको उपयोग, विभिन्न सेवा क्षेत्र र निर्माण कार्यमा प्रयोग हुने उपकरण र यन्त्रहरुको निर्माण, तिनीहरुको विक्री र निर्यात, अनुसन्धानबाट प्राप्त ज्ञानको ब्यवसायिकरण हो । तर यो सामथ्र्य विकास गर्नलाई शुरुमा राष्ट्रले ठूलो लगानी गर्नुपर्दछ भन्ने कुरामा हामी प्रष्ट हुनुपर्दछ । विज्ञान र प्रविधिमा गरेको लगानीले तुरुन्त प्रतिफल दिने पनि होइन । त्यसको लागि केही समय पर्खने धैर्य हामीमा अवश्य पनि हुनुपर्दछ । यो कुरा बुझ्न ढिलो भइसक्यो भन्ने पनि मलाई लागेको छ ।
अहिले हामी नयाँ नेपाल निर्माणका लागि अगाडि बढिरहेका छौं । यो नारालाई साकार पार्न हाम्रो जस्तो विकासोन्मुख देशका लागि विज्ञान प्रविधिको महत्वपूर्ण भूमिका हुने कुरा निर्विवाद छ । यो सम्मेलन यस्तो बेलामा आयोजना हुन गएको छ जुन सम्मेलनबाट प्राप्त हुने सुझाव र निचोडका आधारमा तदनुरुपका कार्यक्रम सञ्चालन गरी युवा, दलित तथा उप्तीडित वर्गहरु समेतलाई आवद्ध गर्दै नयाँ नेपाल निर्माणको परिकल्पनामा सघाउ पुर्याउन जरुरी देखिएको छ । यस अवसरमा यो सम्मेलन ‘नयाँ नेपाल, विज्ञान तथा प्रविधिको नेपाल’ भन्ने नारालाई घनीभूत पार्न सफल रहन सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।
November 23, 2008 at 9:31 am
exactly this is true. nepal ma mehenat garne man6e ko kami ta pakkai pani 6ina nai matra sarkari prathamikta ko jaruri dekin6 bigyan prodogi ko bikas ko lagi. euta gatilo lab ta 6ina muluk ma….nepal ko bidambana
khusi ko kura hamile bigyan mantri technology field kai paeka 6au. garera dekhaune dina aye aba. kaile hola nepali software haru bishwa bazaar ma 6yap6apti paine? muluk ma nun tel ko avab 6 vane ko bela khana napaune jamaat 6 teti huda hudai pani sc tech ko kaam ma sarkar lagna ta 6odnu vaena ni. agailla kam lai nirantarta pani abasyak6.khali naya naya 6etra matra herera pani hunna. lagani alapatra vaka dherai exampale haru 6n nepal ko sc and teck ko field ma.
taipani ma ta asabadi 6u
December 8, 2008 at 10:51 pm
Sir,
Nepal beening a developing country, does not really need to research for new technology. We just have to use the latest and the best technology used by the developed countries. We just need to study and analyse the technology, see wheather it matches our nepali conditions and use it.
Can you write an article about the project of Wind energy in hills of Kathmandu Valley?