काठमाण्डौं, २८ कार्तिक । वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले मुलुकमा इ-क्रान्ति गर्नुपर्ने आवश्यकता भइसकेको बताउनु भएको छ । क्लिक्स् नेपालसँग कुरा गर्दै मन्त्री साहले विज्ञान र प्रविधिको विकास विना प्राप्त राजनितिक उपलब्धि पनि दिगो नहुने भएको कारण इ-क्रान्ति गर्न अब पनि ढिलाई गरेमा मुलुक अझै धेरै पछि पर्ने बताउनु भयो । मुलुकको सामाजिक आर्थिक बिकासकालागि विज्ञान र प्रविधीको विकास र विस्तार अपरिहार्य भएको उहाँको भनाइ थियो ।
विगतका सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकता नदिएकै कारण मुलुक पछि परेको भन्दै मन्त्री शाहले यो क्षेत्रको विकास र विस्तार नभएकै कारण प्रतिभा पलायन जस्तो गम्भिर समस्या मुलुकको अघि आएको बताउनु भयो । प्राविधिक प्रतिभा पलायन रोक्न मन्त्रालयले तीन महिना भित्र विशेष कार्यक्रम ल्याउने भन्दै मन्त्री साहले विदेशमा रहेको ज्ञान र सीपलाई कसरी अधिकतम रुपमा मुलुकको हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको बताउनु भयो ।
November 21, 2008 at 1:40 am
कुरो सोह्रै आना सत्य हो, विज्ञान-प्रविधिको महत्व नबुझ्नालेनै हाम्रो यो दशा भएको हो।
विज्ञान तथा प्रविधि मन्त्रालयलाई अत्यन्त कम बजेट छुट्याउने चलन छ हाम्रो देशमा। अहिलेको बजेटले कति छुट्याएको छ नि मन्त्रीज्यू?
November 22, 2008 at 4:04 am
Minister saab,
In my perspective, the internet facility is in dire need, keeping in mind the revolution it has brought globally. What are the prospects of extending NTC’s facilites country-wide for ADSL or maybe broadband?
November 27, 2008 at 8:44 am
[...] Kathmandu Declaration signed by over 500 people including Honorable Minister for Science and Technology, Ganesh Shah [...]
December 1, 2008 at 6:52 pm
Dear NRN-USA, its cent percent true that internet facility is in dire need. I personally feel that its time e-revolution i.e. email bombarding..write as much as you can to the policy makers and ministers and force them to think over your mails…
December 8, 2008 at 10:43 pm
Sir
What happened to the project
“A computer per Child”