गणेश साह नेपालको वामपन्थी आन्दोलनमा विगत साढे ३ दशकदेखि निरन्तर सक्रिय नाम हो । सादा जीवन उच्च विचारको व्यवहारमै प्रयोग गरेर देखाउने साह कठिन अवस्थामा पनि आफ्नो विचारमा अडिग रहन सक्ने व्यक्ति पनि हुनुहुन्छ । एकीकृत नेकपा
-माओवादी)का अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको संयुक्त सरकारको पाला विज्ञान तथा प्रविधिमन्त्री रहनुभएका साह अहिले नेकपा
-संयुक्त)को महासचिव हुनुहुन्छ । गणेश साहलाई आफ्नो राजनीतिक यात्रामा निरन्तर लाग्न सहयोग पुराउने व्यक्तित्व हुनुहुन्छ कल्याणी साह । यद्यपि उहाँको बारेमा भने अलि कम चर्चा भएको देखिन्छ । हुन त उहाँको आफ्नै स्वतन्त्र पहिचान छँदै छ ।
कल्याणी साहको जन्म सन् १९५० नोभेम्बर १७ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । किसान नेता श्रीराम शर्मा
-सापकोटा) र सुभद्रा शर्मा सापकोटाकी सुपुत्री कल्याणी शर्मा -साह) को बाल्यकाल सुखद् रुपमा बितेको उहाँ बताउनुहुन्छ । कल्याणी भन्नुहुन्छ- बाल्यकाल रमाइलोसँग बित्यो सापकोटा परिवारमा छोरीहरु कम थिए । सबैले मलाई धेरै माया गर्नुहुन्थ्यो । त्यसैले रमाइलोसँगै बित्यो । किसान परिवार भए पनि श्री राम शर्मा अन्य किसानभन्दा राजनीतिक र वैचारिक रुपले सचेत हुनुहुन्थ्यो । त्यसैले कल्याणी साहलाई पढाइको समस्या भएन । उहाँले पशुपति हाइस्कुलबाट एसएलसी पास गर्नुभयो । त्यसपछि थप अध्ययनका लागि सन् १९६९ मा मस्को जानुभयो र त्यहीबाट १९७४ मा इन्टरनेशनल लबाट एलएलएम गर्नुभयो । मस्कोको जनमैत्री विश्वविद्यालयमा कल्याणी साहहरु पढ्न जाने समयमा गणेश साह त्यही विश्वविद्यालयको विद्यार्थी तथा युनियनको नेता हुनुहुन्थ्यो । त्यसैले नेपाली विद्यार्थीहरु सुरुमा जाँदा भाषा नजान्ने तथा अन्य समस्या पर्ने हुँदा पहिला गएका विद्यार्थी र युनियनका पदाधिकारीले विशेष सहयोग गर्ने चलनजस्तै थियो । यही क्रममा सन् १९६९ मा कल्याणी साहको पहिलो पटक भेट गणेश साहसँग भयो । कल्याणी साह भन्नुहुन्छ- त्यसपछि गणेशजी र मेरो भेटघाट बढ्दै गर्‍यो । सम्बन्ध बढ्दै गयो । त्यही क्रममा विवाहको पनि कुराकानी भयो । हामीले विवाह गर्नैपर्ने हुन्थ्यो । किनकि, विवाह गर्नु आवश्यकता पनि थियो । त्यसपछि हामीले १९७३ मा मस्कोमै विवाह गर्‍यौं । आफूहरुको प्रेम विवाह भए पनि विवाह प्रक्रिया भने नेपाली परम्परागत नै भएको बताउँदै कल्याणी बताउनुहुन्छ, विवाह नेपाली प्रचलन अनुरुप नै दीयो-बत्ति बालेर गर्‍यौं । विवाहमा मस्कोका लागि तत्कालीन नेपाली राजदुत लोहीतराज उपाध्याय हाल प्रसुतिगृहकी वरिष्ठ डाक्टर शिला वर्मा, मनोहर शर्मा, विमला शर्मासहित १५० भन्दा बढी नेपाली र मस्कोका साथीहरुको सहभागिता थियो । त्यसबेला नेपालीमा विवाह पार्टर्ीी डि्रंक्स राख्ने चलन थिएन । तर, आफूहरुले मस्कोमा गरेको पार्टर्ीी डि्रंक्सको समेत व्यवस्था बताउँदै कल्याणी भन्नुहुन्छ- विवाहपश्चात त्यहाँका पत्रपत्रिका अन्तर्वार्तासमेत छापेका थिए । अझ यसो भनौ विवाह मस्कोमै गरे पनि राम्रैसँग भयो ।
अन्तरजातीय विवाह
नेपाली समाजमा अन्तरजातीय विवाहलाई सहजरुपमा लिने चेतना अझै उठिसकेको छैन । अझ आजभन्दा करिब ३६ वर्षघि त्यसबेला समाज झनै पछि थियो । त्यसैले त्यसबेलाको समाजमा कल्याणी र गणेश शाहले जसरी अन्तरजातीय विवाह गर्नुभयो त्यो आफैमा एउटा क्रान्तिकारी कार्य थियो । कल्याणी भन्नुहुन्छ- निश्चितै रुपमा अन्तरजातीय विवाह हुँदा केही समस्या थियो । तर, जे होला सामना गरौंला भनेर आट्यौं । विवाह गर्दाको समय सम्झँदै कल्याणी भन्नुहुन्छ- अन्तरजातीय विवाह भए पनि दुवै पट्टीको परिवारलाई विवाहबारे पर्ूवजानकारी थियो । उहाँहरुलाई मस्को बोलाएका पनि थियौ तर सहजै जान सक्ने कुरा थिएन किनकि धेरै टाढा थियो । तर, विवाह गरेर एक वर्षछि छोरासहित नेपाल र्फकदा दुवै परिवार एयरपोर्टमै लिन पुग्नु भएको थियो । मेरो घरका र गणेशजीको घरका दुवै परिवार त्यहाँ हुनुहुन्थ्यो । त्यसैले पहिला एयरपोर्टबाट मैतीदेवी मेरो माइतीमा पस्दै बेलुका बस्न जेठाजुको लाजिम्पाटस्थित डेरा गयौं । उहाँ भन्नुहुन्छ मलाई विवाह गर्दाकै दिन पनि विशेष अनुभूति भएन किनकि गणेशजीसँग पुरानो चिनजान थियो पे्रम विवाह थियो कोठामा आवतजावत पुरानै थियो ।
संर्घष्ापर्ूण्ा दिनहरु
मध्यम स्तरीय परिवारमा जन्मिएर राम्रै शिक्षा-दिक्षा लिएकी कल्याणी र गणेशको जोडीलाई अन्य विषयले खासै दुःखको अनुभूति गर्नु परेन तर राजनीतिक कारणले भने उहाँहरुले धेरै संर्घष्ा गर्नुपर्‍यो । कल्याणी भन्नुहुन्छ- गणेशजी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनहुन्थ्यो मचाहिँ मस्कोमा छउन्जेल बढी सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय हुन्थे विवाह गर्ने बेलासम्म राजनीत्रि्रति सहानुभूति मात्र थियो तर पढाइ सकेर विवाह गरी नेपाल फर्किएपछि भने म पनि पर्ूण्ारुपमा राजनीतिमा सक्रिय भए । हामीले जति दुःख पायौं, राज्यबाटै पायौं भन्दै कल्याणी साह भन्नुहुन्छ- रुसबाट फर्किएपछि गणेशजीले सुरुमा बालाजु यन्त्रशाला र पछि खानेपानी संस्थानमा जागिर खानुभयो । जागिर खाँदै गर्दा उहाँ र म पनि रुसमा पढेर फर्किएकाहरुको संस्था मित्रकुञ्जमा थियौं । ०४२ सालमा त मित्रकुञ्जमा बस्ने सबै कम्युनिष्ट हुन् भन्दै सरकारले गणेशजीलाई जागिरबाट बरखास्त गर्दै गिरफ्तार गर्‍यो । म पनि मित्रकुञ्जमै भएकोले गिरफ्तारीमा परें र मलाई त्रिपुरेश्वरको महिला जेलमा राख्यो । दुवैजना हामी जेलमा, बालक छोराहरु बाहिर त्यति मात्र होइन उहाँलाई जागिरबाट हटाउने जस्ता कार्यले हामीमाथि धेरै चुनौति थपेको थियो तर हामी नआत्तिएर अगाढि बढ्यौं । गणेशजीलाई सात महिनासम्म थुनामा राखेपछि छाडिदियो । मलाई भने एक वर्षनै थुनामा राख्यो । जतिबेला म जेलमै थिएँ त्यसबेला गणेशजीलाई पटकपटक जेल सारेका र बेपत्ता पारेका अझ हत्या गरेकासमेत समाचार प्रकाशित हुन्थ्यो, जसबाट एक किसिमको पीडा त हुन्थ्यो । तै पनि म आफू विचल्लित भइनँ । लागि नै रहे । जेलबाट छुटेपछि भने म आफू पनि राजनीतिमा सक्रिय भएर गणेशजीलाई पनि सक्रिय हुने वातावरण बनाउन सहयोग गरेँ । मैले जागिर खानर्ुपर्छ, कमाउनर्ुपर्छ, बालबच्चा हर्ेर्नुपर्छ, राजनीति गर्नु हुन्न भनेको भए त गणेशजीलाई पनि गाह्रो पर्दथ्यो । तर, त्यसो कहिल्यै भनिनँ । राजनीतिमा लाग्न उहाँलाई प्रेरित गरिरहेँ । साथ दिइरहेँ । म आफै पनि जेलबाट छुटेपछि नेकपा संयुक्त निकट महिला संगठनको भगीनी संठन प्रजातान्त्रिक महिला संघको केन्द्रीय अध्यक्ष भएर राजनीतिमा सक्रिय रहेँ । नेपालकेा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएँ । त्यो क्रममा पञ्चायती शासकले मलाई देशबाहिर जान नदिन पासपोर्ट नै सिज गरे । एकपटक म विदेशमा भएको एउटा सेमिनारमा भाग लिएर नेपाल र्फकंदा एयरपोर्टबाटै पासपोर्ट सिज गरे । त्यसको कारण रहेछ यसले विदेश गएर पञ्चायतको विरोध गरी भन्ने । ०४६ सालमा पनि पञ्चायत विरुद्धको आन्दोलनमा लागेको भन्दै मलाई कर्ीर्तिपुरबाट पक्राउ गरी १७ दिन थुनामा राखेर बहुदल आउने भएपछि छाडिदियो । कल्याणी बताउनुहुन्छ- नेपालमा भएका सबै आन्दोलनमा म सक्रिय छु जसमा ७ पटकभन्दा बढी जेल बसेकी छु । आफूलाई राजनीतिमा लाग्न बुबा श्रीरामबाट प्रेरणा मिलेको बताउँदै कल्याणी भन्नुहुन्छ- बुबाले छोराछोरी उस्तै हो छोरी भनेर पछि हट्ने होइन, छोरी पनि अगाडि बढ्नर्ुपर्छ भन्नुहुन्थ्यो । मावलीमा मामाहरु पनि शिक्षित हुनुहुन्थ्यो श्रीमान् गणेश साह अत्यन्त धर्ैयशील र आन्दोलनमा निरन्तर सक्रिय व्यक्ति हुनुहुन्थ्यो जसले गणेश र आफू दुवैलाई अगाडि बढ्न सहयोग पुगेको कल्याणी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- भाइ उज्ज्वल शर्मा जसले हिमालय टाइम्स पत्रिका निकाल्दै छन्, उनले घर परिवारमा रेखदेख गरिदिँदा पनि हामीलाई आन्दोलनमा लाग्न धेरै सहयोग मिल्यो । गणेश शाहलाई अहिलेको स्थानमा पुराउन आफ्नो अवश्य योगदान भएको बताउँदै कल्याणी साह भन्नुहुन्छ- मसँग विवाह नभएको भए राजनीतिमा कसरी अगाडि बढ्नुहुन्थ्यो – त्यो त कसरी अनुमान गरौं – तर, मसँग विवाह गर्दा अवश्य पनि सहयोग नै पुग्यो । आफ्नो ३६ वषर्ीय वैवाहिक यात्रा अत्यन्तै सुखद् रहेको बताउँदै कल्याणी साह भन्नुहुन्छ, जीवनमा एकदमै ठूलो आकांक्षा बोकिएन । सामान्य जीवन जिउने आकांक्षा भएपछि धेरै आशा र निराशा भएन । कल्याणी भन्नुहुन्छ- हामी त अत्यन्तै मिल्दछौ जता जाँदा पनि सँगै जान्छौ साथी भाइहरुले त हाम्रो जोडीलाई चखेवा र चखेवीको जोडी भन्छन् । निरन्तर संर्घष्ामा लाग्दा अन्य कारणले भन्दा राजनीतिकरणले नै मानसिक तनाव भोग्न परेको बताउँदै कल्याणी भन्नुहुन्छ- ०४२ सालमा दुवै जना जेल पर्दा अलि बढी तनाव भयो । अहिले देशमा राजनीति परिवर्तन भए पनि राजनीतिक नेतृत्वको असक्षमताले गर्दा जनता र राष्ट्रले चाहेजस्तो नभएको बताउँदै कल्याणी भन्नुहुन्छ- नेताहरु कर्ुर्चिको लडाइमा नलागी जनता र देशप्रति जिम्मेवारी बोधका साथ लाग्नर्ुपर्दछ । राजनीति जत्तिकै समाजसेवामा पनि सक्रिय कल्याणी साहलाई देशभित्र राम्ररी सम्मान गर्न नसकेको देखिन्छ । उहाँलाई अमेरिकी संस्थाले अन्तराष्ट्रिय स्तरका महिला व्यक्तित्वबाट छानिने हन्डेड होरोइनमा सेलेक्ट गरी सम्मान गर्‍यो । कल्याणी अरु पनि कयौं अन्तर्रर्ााट्रय सम्मानबाट सम्मानित हुनुभएको छ । तर, देशले नै जति सम्मान गर्नुपर्ने हो, त्यो गरेको देखिँदैन । अहिले पनि सेवा नेपालको अध्यक्ष महिला सुरक्षा दबाब समूहको कोषाध्यक्ष रहनुभएकी साह नेकपा संयुक्तको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
गणेश र कल्याणीका दर्ुइ छोराहरु छन् । जेठो छेारा निरज साह अमेरिकामा छन् उनले यही दशैंका बेला अमेरिकी युवतीसँग विवाह गरी अनलाइन विजनेश गरेर उतै अमेरिकामा बसेका छन् । कान्छो छोरा पंकज साह पनि विदेशमै छन्, उनले बाटुले बैंकमा काम गर्दैछन् । कान्छी बुहारी दाँतको डक्टर छन् । कान्छाको जोडी पनि विदेशमै छ । घरमा अहिले ससुरा श्रीमान् गणेश र कल्याणी हुनुहुन्छ । पारिवारिक जीवन सुखद् रुपमा अगाडि बढिरहेको छ ।
आफ्ना श्रीमान् गणेश साहको सबै पक्ष राम्रो लाग्ने बताउँदै कल्याणी भन्नुहुन्छ, ठूलो समस्या आउँदा पनि आत्तिनुहुन्न, अत्यन्त धर्ैयशील तरिकाले अगाडि बढ्नुहुन्छ । त्यो बानी सारै मन पर्दछ तर कहिलेकाहीँ गम्भीर कुरा पनि अलि हल्कारुपमा लिनुहुन्छ त्यो बानी भने सुधार्नुपर्ने देख्नुहुन्छ कल्याणी ।
आफूलाई पैसा कमाउनर्ुपर्दछ भन्ने दिमाग नै नभएको बताउँदै कल्याणी भन्नुहुन्छ- मैले त सधैं इज्जतलाई ठूलो माने पैसालाई होइन । त्यसैले गणेश साह मन्त्री बन्दा पनि नराम्रो काम गरी इज्जत जाला भनी सधैं र्सतर्क बनाउने गरेको बताउँदै कल्याणी भन्नुहुन्छ- पैसा ठूलो कुरा होइन, हामी धेरै तडक भडक गर्दैनौं घर भाडाबाट १६/१७ हजार आउँछ । त्यसबाट खर्च चलिहाल्छ अलि बढी रकम चाहिए छोराहरुले सहयोग गर्छन् । भ्रष्टाचार गर्ने गलत तरिकाले आर्थिक लाभ लिने किन गर्नुपर्‍यो – श्रीमान् गणेश साह मन्त्री बन्दा पनि धेरै फुरुङ नभएको बताउँदै कल्याणी भन्नुहुन्छ- पार्टर्ीी मन्त्री हुन धेरै साथी इच्छुक भए पनि त्यसबेला गणेशजी मन्त्रीमण्डलमा जाँदा उचित हुन्छ भन्ने थियो । पार्टर्ीी त्यही निर्ण्र्ाागर्‍यो । त्यो स्वभाविक थियो । त्यसैले साह्रै फुरुङ भइनँ । पार्टर्ीी निरन्तर सक्रिय वैचारिक आर्थिक सहितको योगदानअनुसार उहाँले जे पाउनुपर्ने थियो त्यही पाउनुभयो ।
गणेश साहको जनसर्म्पर्क मिलनसार व्यवहार धैयशीलताबाट आफू प्रभावित भएको बताउँदै कल्याणी भन्नुहुन्छ- लवाइ, खुवाइमा गणेशजीको त्यस्तो विशेष सोख छैन । जस्तो उपलब्ध हुन्छ त्यसमै रमाउनुहुन्छ । उच्च शिक्षा अध्ययन गरे पनि सरकारी सेवामा नलागेको बताउँदै कल्याणी भन्नुहुन्छ- निलाम्बर आचार्य कानुनीमन्त्री हुँदा पाँच वर्षकानुन सुधार आयोगमा बसेँ नत्र राजनीति र समाज सेवामा सक्रिय भए गणेशजीलाई आन्दोलनमा लाग्न सहयोग गरेँ । अब पनि आफूहरु एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्ने बताउँदै कल्याणी साह भन्नुहुन्छ- छोराहरु पनि हर्ुर्किएर आत्मनिर्भर भए बुवा-आमाको जे इच्छा छ त्यही गर्नुस् हामी सहयोग गर्दछौं भन्छन् । हामी त दुवैजना राजनीति र समाजसेवामा सक्रिय हुन्छौं । एकले अर्कोलाई सहयोग गर्दछौं अनि देश र जनतालाई आफ्नो ठाउँबाट अहिले पनि सक्दो गरेका छौं । भावी दिनमा पनि गर्दै जानेछौं ।

“गएराती म निकै सोचमग्न भएँ । १८ वर्षे जोवनदेखि संयुक्त राज्य अमेरकिाको राष्ट्रपति बनेको यो रोमाञ्चित क्षणसम्मका घटनाक्रम आँखाभर िआइरहे । जर्ज डब्लु बुसले सत्ता सञ्चालन गरेको यो भवनमा बसिरहँदा म निकै चुनौतीहरूका माझ घेरएिको छु,” विश्व महाशक्ति अमेरकिाको राष्ट्रपतिमा बहाली भएपछि बाराक ओबामाले आफ्नो ब्लगमा लेखेका थिए । उनी निजी वेबसाइटमार्फत अमेरकिी जनतामाझ सकेसम्म व्यापक रूपले प्रस् तुत हुन नियमित ब्लग गर्छन् ।
नयाँनयाँ सूचना प्रविधिले संसार साँघुरो बन्दैछ । संसार चहार्न अब कतै टाढा जान पर्दैन । ल्यापटपमा औँला चलाउँदै विश्व नियाल्न सकिन्छ । जति नयाँ प्रविधि भित्रिँदैछन्, प्रयोग पनि त्यति नै बढ्दैछन् । आफ्ना विचार र अनुभूति सबैको माझ पोख्ने चाहना धेरैको हुन्छ । त्यसको उपयुक्त माध्यम हो, ब्लग ।
ठूलो ‘स् पेस’ लिनेले बाहेक ब्लग खोल्न पैसा पर्दैन । इमेल खोलेजस् तै सजिलो छ, यो । मिनेटमै पर्सनल वेबसाइट बन्छ, जसमा मनभरकिा कुरा लेख्न सकिन्छ । यसमा मन परेका तस् िबर राख्न मात्र होइन, अडियो-भिडियो पनि राख्न मिल्छ । र, यो स् वाद लिनेमा नेपाली पनि पछाडि छैनन् अब ।

 

photo2article4003
रोमाञ्चकारी सूचनाप्रविधिमा चासो राख्नेहरू मात्र होइन, नेपालका सेलिबि्रटी र राजनीतिज्ञहरूसमेत ‘ब्लगिङ्’तर्फ आकषिर्त हुँदैछन् । फेसबुकमा देखापर्ने अर्थमन्त्री बाबुराम भट्टराई अहिले त्यसबाट टाढा भएजस् ता देखिए पनि यो अति व्यस् तताको अस् थायी परण्िााम मात्र हो । बरु उनले हालैसालै अलग्गै ब्लग सेक्सन भएको बाबुरामभट्टराई डटकम खोलेर बाल्यकालका सम्झना र अनुभूतिहरू कोरेका छन्, “मेरो कानमा तल मस् र्याङ्दी सुसाएको आवाज गुञ्जिरहन्छ र आँखावरपिर िलमजुङको तार्कुघाट बजार, तनहुँको बाइस जँघार र डुमि्रखर्क नाँचिरहन्छन् ।” उनले आफ्नो ब्लगमा भण्डारी गाउँका उकाली-ओह्राली अनि डाँडाघरे हजुरआमा र माइजुहरूलाई पनि बेस् सरी सम्झेका छन् ।
भट्टराईका विचारमा विश्वका कुनै पनि व्यक्तिसँग प्रत्यक्ष संवाद र मन खुलस् त पार्नकै लागि वेबसाइटको जन्म भएको हो ।

 
भन्छन्, “मेरै कुरा गर्नुहुन्छ भने वेबसाइटले मलाई धेरैभन्दा धेरै मानिसमाझ पुग्ने इच्छा पूरा गरििदएको छ ।” यसबाट उनी उनकै भनाइमा, मानिसहरूसँग प्रत्यक्ष संवाद गर्दै प्राप्त सुझाव र आलोचनाका आधारमा पार्टीमा क्रियाशील हुने ऊर्जा तथा विश्वास पनि आर्जन गर्छन् रे !
निजी सचिव विश्वदीप पाण्डेको सहयोगमा अपडेट हुने उनको साइटमा विभिन्न पत्रपत्रिकामा प्रकाशित अन्तर्वार्ता, लेख-रचना, फोटो ग्यालरी, राजनीतिक जीवन, अडियो-भिडियो, आफ्नाबारेमा अरूले लेखेका आलेख र प्रकाशित पुस् तकहरूको जानकारी उपलब्ध छन् । तातो तेलमा पानी परेको जस् तो स् वभावका तर बौद्धिक व्यक्तित्व भएकाले पनि हुनसक्छ, उनको साइट भिजिट गर्नेहरूको संख्या ठूलो छ । उनलाई हरेक दिन ५० भन्दा बढी इमेल आउँछन् । भरसक ती सबै प्रतिक्रिया पढेर जवाफ फर्काउने प्रयासमा हुन्छन्, उनी पनि । तर, कार्यव्यस् तताका कारण सम्भव हँुदैन ।
भट्टराईले केही समयपछि नै नेपालको प्रतिव्यक्ति आय वृद्धि हुने कुरा उल्लेख गरेपछि सुर्खेतदेखि सिंगापुरसम्मका पाठक कराए, “देशमा शान्ति भएन, युवाले विदेशिनुपर्‍यो, नेपालमै केही गर्ने वातावरण बनाऊ !” रोजगारका लागि साउदी अरब पुगेका पुष्पराज शर्माले मन छुने सुझाव दिए, “अरू नेताकै उत्तराधिकारी बनेर गफ मात्र नहाँक्नूस्, कसै न कसैले त नेपालीको मन राख्नैपर्ने भएको छ । त्यो काम तपाइर्ंबाट हुने लक्षण हामीले देखेका छौँ, कृपया निराश नपार्नूस् ।”
खास गरेर युवा वर्गको आशा जगाएका भट्टराईलाई उनकै जिल्लाबासी टप गुरुङले देशलाई परकिल्पना गरेजस् तै राम्रो बनाउन आग्रह गरेका छन् । पाठकको यस् तो भनाइले आफूलाई सच्चिन र ऊर्जा लिन सहयोग पुगेको भट्टराईको भनाइ छ ।
नेपाली कांग्रेसका लोकपि्रय युवा नेता गगन थापा पनि ब्लगमा लहसिएको धेरै भइसक्यो । डेमरपिब्नेपाल डट ब्लगस् पट डटकमका ब्लगर थापा अब छिट्टै आफ्नै वेबसाइट चलाउने तयारीमा छन् । भन्छन्, “आफ्नो कुरा कति अरूलाई सुनाउने, जनताको कुरा पनि सुनौँ न  !” जय केही मधेसीको होइन, सम्पूर्ण मधेसको हुनुपर्छ, जय केही नेपालीको होइन, सिंगो नेपालको हुनुपर्छ भन्ने थापाको वेबसाइटमा जनआन्दोलनताका उनले देशविदेशमा गरेका ताता भाषण सुन्न सकिने गरी राखिने छन् ।

त्यसमा थापाका समसामयिक लेखहरू पनि पढ्न सकिने छ ।
कांग्रेसका नेता नरहर िआचार्यले पनि आफ्नो वेबसाइट नरहरअिाचार्य डटकमलाई परमिार्जन र नियमित अपडेट गररिहेका छन्, अहिले । आचार्यको वेबसाइटमा उनका दिनचर्या मात्र होइन, राजनीतिक दस् तावेज र पुस् तकहरू पनि राखिएका छन् । विश्वका जुनसुकै भागका मानिसले पनि आफ्ना विचारहरू थाहा पाऊन् भन्ने सोचले वेबसाइट खोलेको बताउँछन्, उनी ।
विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले त झन् शाही शासनकालमै खोलेका थिए, जीसाहडटवर्डप्रेस डटकम । पेसाले मेकानिकल इन्जिनियर उनले अमेरकिामा रहेका छोरा निरजबाट ब्लगको महत्त्व र स् वाद बुझेर यो काम गरेका थिए । भन्छन्, “मसँग स् काइपी च्याट गररिहने निरजले नै ब्लगको भेउ दियो, सिंगापुरमा रहेको अर्को छोरा पंकजले ल्यापटप पठाइदियो । यसरी ब्लगिङ्को दुनियाँमा
पसियो ।”
जनकपुर लोहना गाविसमा जन्मेका मन्त्री साह नेकपा संयुक्तका पूर्वमहासचिव पनि हुन् । समाजसेवामा रुचि राख्ने उनी उच्च ओहदामा रहे पनि उनको ब्लगमा तल्ला तहका जनताले ठाउँ पाएका छन् । उनको ब्लग अपडेटमा स् वकीय सचिव दीपक अधिकारीले सहयोग गररिहेका छन् । देशविदेश भ्रमणमा खिचिएका फोटाहरू पनि उनको ब्लगमा हेर्न सकिन्छ । भन्छन्, “शाही शासनका बेला प्रशस् त समय हुन्थ्यो, घरमै बसेर बेस् कन लेखिन्थ्यो । अहिले चाहिँ समय निकाल्न नै मुस् िकल छ ।”
उता सात वर्षदेखि डामाडोल डटकम चलाउँदै आएका हाँस् य कलाकार मनोज गजुरेलले ब्लग पनि सुरु गरेका छन्, गजुरेल डटकम । डामाडोल डटकममा हाँस् यव्यंग्यात्मक कविता, प्यारोडी, लोकदोहोरी र चुट्किलामा सीमित गजुरेलले नयाँ वेबसाइटमा जन्मथलो ताप्लेजुङदेखि अमेरकिासम्म बरालिँदाका अनुभूतिहरू पस् केका छन् । उनको ब्लगमा नेपालको समसामयिक राजनीतिप्रति व्यंग्य, प्रचण्ड र ज्ञानेन्द्रको क्यारीकेचर, भट्टी भजन, अन्तिम सम्बोधन, छानबिन आयोग, बहुदलको गीत, शाही सम्बोधन, कौन बनेगा राष्ट्रपति ? जस् ता सामग्री हेर्न र सुन्न सकिन्छ ।

सात महिनाअघि राजेन्द्रमहतो डट ब्लग स् पट डटकममा मधेसी नेता तथा उद्योगमन्त्री राजेन्द्र महतोले ब्लग खोले पनि अपडेट भने गरेका छैनन् । उनले निर्धक्कसँग आफ्ना विचार राख्न र पाठकका क्रिया-प्रतिक्रिया बुझ्न ब्लग खोलेको उनले बताए । बेफुर्सदीका कारणले अपडेट गर्न नपाएको महतो बताउँछन् ।
सोखले होस् वा फेसनका रूपमा, पछिल्ला दिनमा नेपाली ब्लगको संख्या निकै बढेको छ । खासगरी विदेशमा बस् ने नेपालीहरूले यसको अत्यधिक प्रयोग गरेको पाइन्छ । ब्लगरहरूको साझा संस् था ब्लगर्स डटकम डट एनपीका अनुसार, अहिले करबि चार सय नेपालीले एकाउन्ट खोलेका छन् । तर, तीमध्ये सबैको नियमित अपडेट भने भएको छैन । नेपाली भाषाको पहिलो ब्लग उमेश श्रेष्ठको माइसंसार  डटकम हो भने सन् २००४ मा पत्रकार दिनेश वाग्ले र उज्ज्वल आचार्यले सुरु गरेको ब्लग डटकम डट एनपीलाई अंग्रेजी भाषाको पहिलो मानिन्छ । पत्रिकामा नअटाएका कुरा ब्लगमा राख्न उनीहरूले यसको सुरुवात गरेका थिए ।
खासमा ‘ब्लग’ एउटा निजी तर खुला डायरी हो, जहाँ स् वतन्त्रतापूर्वक आफ्नो दिनचर्या लेख्न सकिन्छ । ब्लगिङ्को नियमै हुँदैन । नयाँ विषयमा जति लेख्यो, पाठकमाझ त्यति नै आकर्षण हुन्छ । जति नयाँ शैली, उति पढौँ-पढौँ लाग्ने । पत्रिकामा सम्पादकले चलाएजस् तो कैँची कतैबाट पनि नचल्ने । न ‘डेडलाइन’ न त ‘स् पेस’को सीमा नै । इन्टरनेट पहुँच भएका र कम्प्युटरसम्बन्धी जानकारी भएका जोसुकै पनि ब्लगमा पोखिन सक्छन्, चाहेमा रत्तिो हुने गरी ।

Cleaning up Bagmati

May 12, 2009

KATHMANDU, May 2 – Owing to political leaders’ lack of commitment and serious analysis on long-term waste management, Kathmandu Valley is facing serious waste management problems time and again, blamed experts on Friday.Bhusan Tuladhar, an environmentalist, said, “Rapid urbanisation as well as Valley’s wastes have been ill-managed due to government inaction and poor plans.”

“Everyone found it convenient to dump their waste by riverbanks rather than look for alternatives to use the waste as an income source,” he said.

According to him, Valley’s waste is an important source of compost manure for agriculture farms as about 80 percent of waste generated inside Valley is degradable.

Tuladhar also said that the government should strictly enforce legal procedures to evacuate illegal settlements along riversides, a major source of pollution along the Bagmati River and its tributaries.

There is a need to operate the waste water plants located in Lalitpur and Bhaktapur districts for the treatment of the waste water discharged in the Bagmati River and its tributaries through the drainage and sewerage system inside the Valley, environmentalists said. 

Meanwhile, on the occasion of International Labour Day, Ministry of Environment, Science and Technology (MoEST) on Friday morning organised a ‘Bagmati Clean Campaign’ at UN Park, Thapathali to bring together both locals and political leaders to take initiative to keep Bagmati River free from pollution.

eng200951mor2

Speaking during the programme, Ganesh Shah, environment minister said, “Every citizen living inside Kathmandu valley is obliged to clean Bagmati River as they are the ones who polluted the river,” he said, “There is a need of joint commitment from the locals and all political leaders to make Bagmati clean and green for our coming generations”.

Thousands of people including more than 300 armed police personnel, local political leaders, locals and media persons were mobilised for the Bagmati Clean Campaign along the river located at Thapathali area on Friday.  

Another speaker, Pumpha Bhusal, minister for general administration said, the government is committed to control the encroachment on river side in the name of squatters. “Land encroachment is a play of land mafias under the patronage of political parties. We will seriously work to control illegal settlements along riversides,” she said.

KATHMANDU, May 11: Communist Party of Nepal (United) has pointed that both the prime minister and the president committed mistakes on the issue of action against the Army Chief.

Making public the party´s central committee meeting´s decision on Monday, party leaders said the prime minister committed a blunder by violating mandatory provision for acquiring all-party consensus while taking crucial decisions like action against the Army Chief.

“The president also violated the constitution by directly sending a letter to army headquarters,” party leader Chandra Dev Joshi said. “The president should have written the letter to the prime minister if he wanted to stay the decision.”

ncpunited
Leaders of Communist Party of Nepal (United) at a press meet in Kathmandu on May 11. 

The party has not yet decided whom to support for forming a new ruling coalition. “We will support an alliance with clear commitment to solving the country´s important issues like federalism and forward-looking transformation,” said Joshi.

The party has formed a five-member panel headed by Sunil Manandhar to discuss the issue of formation of new government. The panel includes Kalpana Rana, Jaydev Joshi, Madan Mohan Chaudhari and Ganesh Shah.

Joshi also refuted reports about the party supporting the Maoist-led alliance. “Maoist leader Narayan Kaji Shrestha called us to discuss current political issues but spread a rumor that we have supported them,” said Joshi. “It is totally false.”

IT Prospects & Challenges

tele-conference-ministryयोगेश खतिवडा

 काठमाडौं, ‘सरसफाइ कार्यक्रम कस्तो भो ?,’ वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले कुर्सीमा बस्दै कम्प्युटरको एलसीडी स्त्रिmनतर्फ फर्केर प्रश्न गरे ।कम्प्युटरमा हाउभाउसहित देखिएका एक व्यक्तिले बोले, ‘निकै राम्रो भयो ।’ आफ्नै कार्यकक्षमा बसेर शुक्रबार मन्त्रीलाई जवाफ फर्काउँदै थिए, मन्त्रालयका सहसचिव राजनराज पन्त ।

उनले तत्काल मन्त्रीलाई सुझाए, ‘हजुरको पूरै अनुहार देखिएन ।’ साहले हत्तपत्त टेबुलमा रहेको एलसीडीलाई अलिकति सोझ्याए, अनि फेरि गफिन थाले ।

वास्तवमै, विज्ञान तथा प्रविधि मन्त्रालयमा अहिले नामअनुसारको काम देखिन थालेको छ । मन्त्री र कर्मचारीहरू आआफ्नै कार्यकक्षमा बसेर काम र कुराकानी भिडियो कन्प|mेन्सिङबाट फत्ते गर्छन् । मन्त्री शाह, सचिव उमेश मैनाली, प्रमाणीकरण नियन्त्रण कार्यालयका नियन्त्रक रहेका पन्त, सहसचिव पुरुषोत्तम घिमिरे र लक्ष्मण मैनालीलगायतका कर्मचारीहरू एकअर्कालाई कम्प्युटरबाट हेर्दै गफिन्छन् ।

‘यो प्रविधि बिहीबारदेखि मात्र सुरु गरेका हौं,’ मन्त्री शाहले भने, ‘यसलाई अन्य मन्त्रालय र संसदमा पनि विस्तार गर्ने योजना छ ।’ धेरै प्रभावकारी हुने भएकाले भिडियो कन्प|mेन्सिङ सुविधा अन्य सरकारी कार्यालयहरूमा विस्तार गर्ने योजना रहेको उनले बताए ।

विज्ञान मन्त्रालय आइपुगेका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा पनि यो प्रविधि प्रयोग गर्न चुकेनन् । ‘दिउँसो आउनुभएको थियो, चलाएर हेर्नु भयो,’ साहले भने, ‘उहाँ पनि निकै प्रभावित हुनुभयो ।’

‘यसलाई प्रदर्शन गरेर अरू मन्त्रालयमा पनि विस्तार गर्ने योजना छ,’ सचिव मैनालीले भने । इन्टरनेट प्रयोगकर्ताले भिडियो कन्प|mेन्सिङ गर्न सफ्टवेयर डाउनलोड गरेपछि पीसी क्यामेरा र स्पिकर भए पुग्छ ।

Follow

Get every new post delivered to your Inbox.