मन्त्रालयको काम भिडियोबाट

April 20, 2009

tele-conference-ministryयोगेश खतिवडा

 काठमाडौं, ‘सरसफाइ कार्यक्रम कस्तो भो ?,’ वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले कुर्सीमा बस्दै कम्प्युटरको एलसीडी स्त्रिmनतर्फ फर्केर प्रश्न गरे ।कम्प्युटरमा हाउभाउसहित देखिएका एक व्यक्तिले बोले, ‘निकै राम्रो भयो ।’ आफ्नै कार्यकक्षमा बसेर शुक्रबार मन्त्रीलाई जवाफ फर्काउँदै थिए, मन्त्रालयका सहसचिव राजनराज पन्त ।

उनले तत्काल मन्त्रीलाई सुझाए, ‘हजुरको पूरै अनुहार देखिएन ।’ साहले हत्तपत्त टेबुलमा रहेको एलसीडीलाई अलिकति सोझ्याए, अनि फेरि गफिन थाले ।

वास्तवमै, विज्ञान तथा प्रविधि मन्त्रालयमा अहिले नामअनुसारको काम देखिन थालेको छ । मन्त्री र कर्मचारीहरू आआफ्नै कार्यकक्षमा बसेर काम र कुराकानी भिडियो कन्प|mेन्सिङबाट फत्ते गर्छन् । मन्त्री शाह, सचिव उमेश मैनाली, प्रमाणीकरण नियन्त्रण कार्यालयका नियन्त्रक रहेका पन्त, सहसचिव पुरुषोत्तम घिमिरे र लक्ष्मण मैनालीलगायतका कर्मचारीहरू एकअर्कालाई कम्प्युटरबाट हेर्दै गफिन्छन् ।

‘यो प्रविधि बिहीबारदेखि मात्र सुरु गरेका हौं,’ मन्त्री शाहले भने, ‘यसलाई अन्य मन्त्रालय र संसदमा पनि विस्तार गर्ने योजना छ ।’ धेरै प्रभावकारी हुने भएकाले भिडियो कन्प|mेन्सिङ सुविधा अन्य सरकारी कार्यालयहरूमा विस्तार गर्ने योजना रहेको उनले बताए ।

विज्ञान मन्त्रालय आइपुगेका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा पनि यो प्रविधि प्रयोग गर्न चुकेनन् । ‘दिउँसो आउनुभएको थियो, चलाएर हेर्नु भयो,’ साहले भने, ‘उहाँ पनि निकै प्रभावित हुनुभयो ।’

‘यसलाई प्रदर्शन गरेर अरू मन्त्रालयमा पनि विस्तार गर्ने योजना छ,’ सचिव मैनालीले भने । इन्टरनेट प्रयोगकर्ताले भिडियो कन्प|mेन्सिङ गर्न सफ्टवेयर डाउनलोड गरेपछि पीसी क्यामेरा र स्पिकर भए पुग्छ ।

3 Responses to “मन्त्रालयको काम भिडियोबाट”

  1. Aakar Says:

    Good… nice initiative.
    All ministry should learn from this.

  2. Deepak Jadit Says:

    बल , धमास र मुड्कीले काम फत्ते गराउने परिपाटी नै बस्न लागेको बेला प्रविधीको यो प्रयोगलाई सकारात्मक मानेर प्रसंसा गर्नैपर्छ तर यो पोष्टमा त गफिएको कुरा मात्रै लेखियो त नि , रहरेहरुले क्याम टु क्याम च्याट गरे जस्तो । यसबाट भोली कस्ता सेवाहरु सहज गर्न सकिन्छ भन्नेबारेमा अर्को पोष्ट पढ्न पाईयोस् ।

  3. anoz silwal Says:

    namaste,thank you so much mr minister ganesh.that is really a good start what u have done.i like to see ministers like u.i have some suggestions.your minister can create thousands jobs in nepal.so people should not fight and make strike.take a examples in usa.what obamas administration did.please follow that system,if minister have a time dont forget to look that news how he is working in environment,in kathmandu we have many organisation working in the sector of environment,please gather some thousands students and ask ingo.ngo to pay some money like 5o rs a day if there is lack of economy.make plan how to clean all rivers in kathmandu and send them to clean.u will be admired and many people will get jobs.attention,dont ask people to do in free.if they work for free it will be useless becoz nepalese need values.
    kathmandu will be clean too,invite all students and request them to work.just think for it and make a plan.
    good luck for your good job.


Leave a comment